फिचर

फाल्गुनन्द गोल्डकप : उद्घाटन खेलमा झापा विजयी :भीडियो हेर्नुहोस

पाँचथर : पाँचथरको सदरमुकाम फिदिममा शुरु भएको १० औं रुष्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज भएको उद्घाटन झापा ११ विजयी भएको छ ।

प्रतिश्प्र्धी कर्णसिंह सोनाम क्लव ताप्लेजुङलाइ १–३ गोल अन्तरले हराँउदै झापा ११ दोस्रो चरणमा प्रवेश गरेको हो ।
खेल शुरु भएको छैठौं मिनेटमा ताप्लेजुङका अनुप सेन्दाङले एक गोल गर्दै टिमको खाता खोले पनि २६ औं मिनेटमा झापाका देवेन्द्र तामाङले जवाफी गोल फर्काउदै आफ्नो टिमलाई अगाडी वढाएका थिए । त्यसपछि मध्यान्तर पछिको चौथो मिनेटमा कर्ण लिम्बूको पासमा झापाका राजकुमार कन्दङवाले १ र १२ औं मिनेटमा कर्ण लिम्बूले एक गोल गरेका थिए ।

आजको खेलमा झापाका देबेन्द्र तामाङलाई उत्कृष्ठा खेलाडी घोषणा गर्दै १० हजार नगद सहित पुरस्कृत गरियो । फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी छन ।

नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।  पुष ३० सम्म सञ्चालन हुने प्रतियोगिता फिदिम माविको खेल मैदानमा शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले गरेका हुन ।
प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।
भोली आयोजक फिदिम स्पोर्टिङ क्लव र मोरङ ११ विच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

 

रेडियो मितेरी Live