मोफसल

फालेलुङमा प्राइम बैंकको साखा

पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिकामा प्राइम बैंकको साखा सञ्चालनमा आएको छ । आजदेखि सञ्चालनमा आएको बैंकको उद्घाटन फालेलुङ गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङले गर्नुभयो ।

नेपाल राष्ट्र बैंकवाट ग वर्गको इजाजत प्राप्त उक्त बैंकको साखा उद्घाटन गरिएसँगै कारोवार पनि सुचारु भएको छ ।

सुरक्षाको कारण देखाँउदै पाँचथरका केहि स्थानीय तहमा अझै बैंकले आफ्ना साखा विस्तार गरेका छैनन । अव जिल्लाको हिलिहाङ,तुम्वेवा र मिक्लाजोङ गाँउ पालिकामा साखा विस्तार गर्न वाँकी छ ।फालेलुङमा स्थापना भएको बैंकले सुरक्षाको कारण देखाँउदै गाँउ पालिका केन्द्र रहेको थोक्लिम्वा वजारवाट आधा घण्टा दुरीमा रहेको मच्छेबुङमा साखा खोलेको हो । उद्घाटनमा उपाध्यक्ष हिमा अधिकारी सहित कार्यपालिका सदस्य,राजनैतिक दलका नेताहरु र सामाजिक सस्थाका पदाधिकारी उपस्थित थिए ।