खेलकुद फिचर

फाल्गुनन्द गोल्डकप आजदेखि

पाँचथर : नेपालका १६ औं विभुती महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको १० औं सस्करण आज शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ झापा र कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङविच प्रतिश्पर्धा हुँदैछ ।
फिदिम मावि फिदिमको खेल मैदानमा शुरु हुने प्रतियोगिताको व्यवस्थापकीय सहित खेल मैदानमा संरचना निर्माण गर्ने काम सवै पुरा भएको आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ ।

यो वर्ष प्रतियोगिता फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेका हुन । प्रतियोगितामा नेपालका ३ विभागीय सहित भारत र नेपालका ए डिभिजनमा खेल्ने १० टिम सहभागी हुने फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङल जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ४ लाख र उप विजेताले २ लाख रुपैंया पुरस्कार र ट्रफि प्राप्त गर्नेछन । १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले उद्घाटन गर्दैछन ।

प्रतियोगिता नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना गरिएको हो । यो प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेण्डर अनुसार सञ्चालन हुँदै आएको छ । प्रतियोगिता माघ २ गते सकिनेछ ।

रेडियो मितेरी Live

नेपाल