अर्थ

पाँचथरको उत्तर पुर्वी क्षेत्रका किसान अलैंचीको गुणस्तर सुधार गर्न कस्सिए

उत्तर पुर्वी पाँचथरका किसानले अलैंचीको गुणस्तरमा ध्यान दिन थालेका छन । भारतले नेपाली उत्पादनलाई पटक पटक विभिन्न वहानामा गुणस्तर हिन भन्दै मुल्यमा ठगी गरेको थाहा पाएसँगै यहाँका किसानले गुणस्तरीय उत्पादनमा जोड दिन थालेका हुन बगानबाट अलैंची टिप्दा देखि नै उनीहरुले प्रशोधनमा पनि ध्यान दिने गरेका छन ।
विगत वर्षहरुमा राम्ररी नपाकी टिपेका अलैंचीमा तौल कम हुने भएकाले यो वर्षदेखि आफुहरु सचेत भएको किसानहरुको टिप्पणी छ ।
बिगतमा राम्ररी नपाकेको अलैंची टिप्ने,परम्परागत भट्टीमा सुकाउने र पुछर नकाट्ने किसान पछिल्लो समय अलैंचीको मुल्यमा गिरावट भएसँगै गुणस्तर सुधार्न लागि परेका हुन ।

विगतमा एकपटक गोडेर एकैचोटी टिपन पुगिने अलैंची बगानमा आजकल आफुहरु हिँउदवर्षेै लागि पर्न थालेको याङवरककै अर्का किसान शेखर पोखरेल बताँउछन ।
यो सिजनमा विगत वर्ष प्रतिमन १ लाख २० हजार सम्म किनवेच भएको अलैंची अहिले पाँचथर सहित पुर्वका बजारमा ३० हजार रुपैंया प्रतिमनका दरले किनवेच भइरहेको छ । पाँचथरको फिदिम सहित,फालेलुङ,याङवरक,फाल्गुनन्द र मिक्लाजोङमा अलैंची उत्पादन हुने गरेको छ ।
किसानको यो मेहनेतले आगामी दिनमा उत्पादनमा गुणस्तरीयता आउनुसँगै मुल्य पनि राम्ररी पाउने बिश्वास गरिएको छ ।