फिचर समाज

पाँचथर नाँचघरद्धारा फिदिम नगरका विभिन्न स्थानको सरसफाइ

पाँचथर

२२ म‌‌‌ंसिर

पाँचथर नाँचघरले फिदिम नगरपालिकाका विभिन्न स्थानको सरसफाइ गरेको छ । नाचघरले फिदिमस्थित शिवालय मन्दिर, बजारको ठाडोलाइन मेनलाइन र पाँचथर जिल्ला अस्पताल परिसरमा सरसफाइ गरेको थियो । शनिबारको दिन पारेर संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफाइ कार्यक्रम आयोजना गरिएको नाँचघरका प्रवन्ध निर्देशक तथा गायक सुजन शंकरले बताउनुभयो । वातावरण स्वच्छ र सफा राख्न आफुहरुको संस्थाले निरन्तर यस्ता कार्यक्रमको आयोजना गर्ने समेत शंकरको भनाइ रहेको छ । कार्यक्रममा पाँचथर नाँचघरका कलाकारको सहभागिता रहेको थियो । पछिल्लो समय स्थापना भएको पाँचथर नाँचघरमा सबैखाले नृत्य र भोकलका कक्षाहरु सञ्चालन भैरहेको निर्देशक शंकरले जानकारी दिनुभयो ।