अर्थ

पाथीभरा मन्दिरबाट चार महिनामा ५० लाख भेटी संकलन

ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा ५० लाख रुपैयाँ भेटी संकलन भएको छ । यो तीर्थयात्रीले चढाएको भेटी रकम हो । भारतीय रुपैयाँ गणना गर्न बाँकी रहेको छ भने सुन, चाँदी लगायतको गहना बिक्री गर्नपनि बाँकी छ । सबै सटही गर्दा ६० लाख रुपैयाँ भन्दा बढी हुने अनुमान पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिको छ ।

पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार साउन देखि कार्तिक मसान्तसम्मको ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ बैंक खातामा जम्मा गरिसकिएको छ ।मंसिर १२, २०७५ ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा ५० लाख रुपैयाँ भेटी संकलन भएको छ । यो तीर्थयात्रीले चढाएको भेटी रकम हो ।

भारतीय रुपैयाँ गणना गर्न बाँकी रहेको छ भने सुन, चाँदी लगायतको गहना बिक्री गर्नपनि बाँकी छ । सबै सटही गर्दा ६० लाख रुपैयाँ भन्दा बढी हुने अनुमान पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिको छ । पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार साउन देखि कार्तिक मसान्तसम्मको ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ बैंक खातामा जम्मा गरिसकिएको छ ।

गणना गत कार्तिक ५ गतेदेखि सुरु भएको थियो । पाथीभरामा चढाएको पैसा त्यहाँ कार्यरत कर्मचारीले संकलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर बाकसमा राख्ने गरिएको छ । त्यसको साँचो प्रहरी र समितिका एकजना कर्मचारीसँग हुन्छ । माथिल्लो फेदीबाट भेटी ब्यवस्थापन समितिले सदरमुकाम फुङलिङ ल्याएर गणना गर्ने पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले बताउनुभयो ।

मन्दिरमा संकलन भएको भेटी जिल्ला समन्वय समितिको भवनमा गणना सुरु गरिएको छ । गणनास्थलमा सीसी क्यामरा जडान गरिएको छ । भेटी संकलन तथा फोहोर ब्यवस्थापनका लागि कर्मचारी राखिएको छ । उनीहरुले पाथीभरा क्षेत्रको सरसफाइ, रेखदेख तथा भेटी संकलन गर्नुपर्छ । गणनामा भने जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन, क्षेत्र विकास समितिका पदाधिकारी, कर्मचारी र गणक नियुक्त गरेर गरिएको थियो ।

भेटी गणना सक्न एक महिना लागेको हो । दैनिक १५ जना सम्मले गणना गरेका थिए । चढाएको पैसामा रङ लागेको, कतिपयमा फुलपाती पनि टाँसिएको हुने भएकाले त्यसलाई मिलाउन समय लाग्ने भेटी ब्यवस्थापन समितिका सदस्य न्यौपानेले बताउनुभयो ।

साभार कान्तिपूर बाट