खेलकुद

पाँचथरको फिदिममा आयोजना हुने फाल्गुनन्द गोल्डकपको १० औं सस्करण पुष २१ गतेदेखि

१६ आंै राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा हरेक वर्ष पाँचथरको फिदिममा आयोजना हुने फाल्गुनन्द गोल्डकपको १० औं सस्करण पुष २१ देखि ३० गतेसम्म हुने भएको छ ।ए डिभिजन सहित नेपालका १० टिमले भाग लिने उक्त प्रतियोगितामा विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैंया पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

मुख्य प्रायोजक रुष्लान रहेको प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ दि म्याच सहित व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेलाडीलाई जनही १० हजारका दरले पुरस्कृत गर्नुका साथै खेल अवधि भरीको म्यान अफ दि म्याचलाई मोटर साइकलले पुरस्कृत गरिने आयोजक फिदिम स्पोर्टिङ क्लवले वुधवार फिदिममा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

पाँचथर जिल्ला फुटवल संघ सँगको सहकार्यमा फिदिम स्पोर्टिङ क्लवले आयोजना गर्ने प्रतियोगीतामा यो वर्ष हिमालयन शेर्पा क्लब, एपिएफ क्लब, त्रिभूवन आर्मी क्लब, डिभाइन बोइज यूनियन, जावलाखेल यूथ क्लब, सुनसरी ११, मोरङ ११, झापा ११, कर्णसिंह सोनाम मेमोरियल क्लब ताप्लेजुङ र आयोजक फिदिम स्पोर्टिङ क्लब फिदिमले स्पर्धा गर्नेछन ।

फाल्गुनन्द गोल्डकप गत वर्षदेखि अखिल नेपाल फुटवल संघको क्यालेण्डरमा पनि समावेश भएको छ ।
यो बर्ष प्रतियोगिता सम्पन्न गर्न लागत ५२ लाख रुपैंया खर्च गर्ने आयोजकको लक्ष छ ।