मोफसल

खैरो हेरोइनसहित ७ जना पक्राउ

ताप्लेजुङमा ठूलो परिमाणमा लागू औषधसहित ७ जना पक्राउ परेका छन्।प्रहरीले फुङलिङबजार क्षेत्रका विभिन्न स्थानबाट लागू औषध ९खैरो हेरोइन० कारोबार तथा सेवन गर्ने ७ जनालाई पक्राउ गरेको हो।

लुकिछिपी लागू औषध कारोबार हुने गरेको सुकारकीका आधारमा खोजतलास गर्ने क्रममा १०८० मिलिग्राम९१५ पुरिया० लागूसहित उनीहरु पक्राउ परेका हुन्।
त्यसमध्ये २ जना कारोबारी र ५ जना सेवनकर्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी संजयसिंह थापाले जानकारी दिए।
प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन।उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक कानुनी कारवाही अगाडी बढाइएको डीएसपी थापाले बताए।

साभार अन्नपूर्ण बाट