फिचर

ज्येष्ठ नागरिकसँग कार्ड आदान प्रदान गर्दै गहमन्त्रीले गरे राष्ट्रिय परिचय पत्र वितरणको सुभारम्भ

लक्ष्मी गौतम

संघीय सरकारले आजदेखि राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात गरेको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागले पुर्वी पहाडी पाँचथर जिल्लावाट परिचय पत्र वितरण थालेको हो ।
परिचय पत्र वितरण्को सुभारम्भ गृहमन्त्री रामवहादुर थापाले पाँचथरकी ज्येष्ठ नागरिक (१०२ वर्षीय) भगवतीदेवी भण्डारीलाई परिचय पत्र दिई भण्डारीकै हातवाट आफ्नो परिचय पत्र वुझेर शुरुवात गरेका हुन ।
परिचय वितरणको सुभारम्भ गर्दै गृहमन्त्री बादलले राष्ट्रिय परिचय पत्रले नागरिकको सुरक्षासँगै मुलुकको समृद्धीमा टेवा दिने आशा प्रकट गरे ।
पञ्जिकरण विभागले हालसम्म राष्ट्रिय परिचय पत्रका लागि पाँचथर जिल्लाका ५२ सर्वसाधारण सहित सिंहदरवारमा कार्यरत ३ हजार ५ सय कर्मचारीको विवरण संकलन गरि सकेको छ ।
विवरण संकलन सँगै परिचय पत्र छपाइ पनि सकिएकाले अव कार्ड निरन्तर जारी हुने वताइएको छ ।
पहिलो पटक पाँचथर जिल्लाका १ लाख १० हजार नागरिक सहित सिंहदरवारमा कार्यरत ७ हजार कर्मचारी गरी कुल १ लाख १७ हजारलाई पाइलटिङका रुपमा परिचय पत्र वितरण गर्ने सरकारको निर्णय अनुसार पाँचथरवाट परिचय पत्र वितरण थालिएको हो ।

चालु आर्थिक वर्षमा थप १५ जिल्लामा परिचय पत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले वताउनुभयो ।पञ्जिकरण विभागले ३ वर्षभित्र सवै नागरिकका हात हातमा राष्ट्रिय परिचय पत्र पु¥याउने लक्ष लिएर अगाडी वढेको महानिर्देशक काफ्लेको दावी छ ।