मोफसल

धनकुटामा एभोकाडो फलको व्यावसायिक खेती

स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडो फलको व्यावसायिक खेती हुन सकेको छैन ।तर पछिल्लो समय धनकुटामा भने यसको व्यावसायिक खेती गर्न किसान आकर्षित भएका छन् । थोरै मेहनतबाटै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेकाले नै यसको उत्पादनतर्फ आकर्षण बढेको हो ।

खाँदा त्यत्ति स्वादिलो नभएपनि स्वास्थ्यवर्धक मानिएको एभोकाडो फलको व्यावासयिक खेती खासै हुन सकेको छैन । तर पछिल्लो समय धनकुटामा यो फल व्यावसायिक बन्ने तरखरमा छ ।

बि।स। २०४० सालमा अनुसन्धानको लागि आएको ब्रिटिस टोलिले यो फल धनकुटा भित्राएको मानिन्छ ।यति लामो सयसम्म खासै चासोमा नरहेको यो फलको खेती गर्न कृषकहरु उत्साहित देखिन्छन् ।

कृषकलाई प्रोत्साहित गर्न धनकुटा नगरपालिकाले पनि नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरेको छ ।त्यसका साथै नगरपालिकाले नर्सरी स्थापना गरी १ लाख विरुवा वितरणको तयारी रहेको मेयर चिन्तन तामाङ बताउँछन् ।

अहिले धनकुटा नगरक्षेत्रमा २६ हजार एभोकाडोको विरुवा किसानले रोपेका छन् । जसमध्ये १२ हजार विरुवा फल लाग्ने खालका छन् ।धनकुटामा अहिले बार्षिक २ लाख किलो उत्पादन हुने गरेको छ ।

त्यसैगरी धनकुटा जिल्ला एभोकाडोको उत्पादनका लागि नेपालमै उत्कृष्ट रहेको कृषि क्षेत्रका विज्ञ जीवनकुमार राईको विश्लेषण छ ।

थोरै मेहनतवाट राम्रो आम्दानी लिन सकिने भएकाले अहिले भने धनकुटामा यसको खेती बढ्दै गइरहेको छ ।अर्कोतिर बजारको समस्या नरहेको साथै यसबाट थोरै मिहिनेतमै राम्रो आम्दानी गर्न सकिने धनकुटा नगरपालिका ५ का कृषक गोबिन्द श्रेष्ठको भनाइ छ ।

घिउफल भनेर समेत चिनिने एभोकाडोको अन्य ठाउँमा पनि व्यावसायिक खेति गर्नतर्फ किसानलाई आकर्षित गराउनु आवश्यक छ ।

इमेज खबर बाट