फिचर

स्मुलको तिहार बिशेष गायनमा लमजुङकी कुसुमले बाजी मारिन

मितेरी समाचार : स्मुल सिंगिङ ओपन गु्रपको आयोजनामा सञ्चालन हुँदै आएको तिहार विशेष खुल्ला गायन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता करिब डेढ महिना अगाडी शुरु भएको थियो । प्रतियोगिता विशेष गरि अनलाइनको माध्यम बाट स्मुल एप्लिकेसन प्रयोगकर्ताहरुको माग अनुसार अनलाइन मार्फत नै सञ्चालन गरिएको कार्यक्रम आयोजक सस्थाकी संयोजक इन्दु लावतीले जानकारी दिनुभयो  ।

युवा युवतीमा वढेको इन्टरनेट प्रयोगको अवस्थालाई मध्यनजर गर्दै घरैमा वसेर प्रतियोगितामा भाग लिन सक्ने अवस्थाको सिर्जना गर्न स्मुलले यो अनलाइन मार्फत प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र बिदेशमा रहेका १ सय ९१ जनाले भाग लिएका थिए ।
प्रतियोगिताको शुरुवाती चरणमा प्रतिस्पर्धीहरुकै रोजाइका गीत गाउने प्रवन्ध मिलाइएको थियो भने दोस्रो चरणदेखि निर्णायक मण्डलले विभिन्न विधाका गीत गाउन लगाएका थिए ।

पटक पटक सर्ट लिटिङ गर्दै टप टेनमा परेका सहभागीहरुमाझ प्रतिश्पर्धा गराँउदा लमजुङ निबासी कुसुम गुरुङ पहिलो , भारतको दार्जिलिङ निवासी खुश्बु सानार र काठमाण्डौ निवासी शिखा भुजेल तृतीय भएका छन । प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो भएकालाई क्रमश ५०,३० र २० हजार नगद सहित पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा उदीयमान गायक सुजन आङदेम्वेले निर्णायक भूमिका निर्वाह गरेका थिए भने रेडियो मितेरीेले मिडिया पार्टरको भूमिका निर्वाह गरेको थियो । गीत र संगीतको दुनियामा विभिन्न खालका प्रतिश्पर्धा हुँदै आएकोमा एसएसओजीले आयोजना गरेको अनलाईन प्रतियोगिताका विषयमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।