फिचर

मृगौला पीडित अमिसालाई बचाउन देश बिदेशवाट सहयोगको ओहिरो

पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिका ३ की मृगौला पीडित अमिसा केरुङको उपचार सहयोगार्थ पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर ३ घर भई हाल अफ्रिकी मुलुक सिसेल्समा कार्यरत अइन्द्र योङयाको पहलमा संकलित २ लाख १८ हजार रुपैंया सोमवार हस्तान्तरण गरिएको छ ।

योङयाले सुन्दर वजार नगरपालिका घर भइ हाल वैदेशिक रोजगारीका क्रममा रहेका सुरेन्द्र कुँवर सहित २ सय अधिक नेपाली युवाहरुको पहलमा संकलन गरेको रकम फिदिममा एक कार्यक्रम विच प्रदेश सभा सदस्य सिता थेवेले वालिकाका हजुरवुवा खड्गवहादुर केरुङलाई हस्तान्तरण गर्नुभएको हो ।

यो सहित केरुङ समाजले संकलन गरेको ५ लाख गरी कुल ७ लाख रुपैंया विरामीको उपचार सहयोगार्थ हस्तान्तरण गरिएको थियो ।
११ वर्षीय अमिसा दुवै मृगौला फेल भई हाल सुनसरीको धरान स्थि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छिन ।
उनको उपचार सहयोगार्थ गठन भएको अमिसा वचाउ अभियान अन्तरगत गायक तथा सञ्चारकर्मी राजेन्द्र केरुङको पहलमा नेपाल सहित प्रवाशका विभिन्न मुलुकमा संकलन भएको रकम पीडितका हजुरवुुवालाई हस्तान्तरण गरिएको हो ।
सहयोगीहरुको नामावली निम्न अनुसार छ ।