राजनीति

कांग्रेसले सर्लाही जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने

सर्लाही क्षेत्र नम्बर ४ स्थिति रामनगर गाउँपालिका–४ का राम विलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको विरोधमा आज नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तयारी गरेको छ ।

रामनगर गाउँपालिका–४ मा कांग्रेसका तर्फबाट विजयी वडाध्यक्ष राम नरेश महतोका काका राम विलासलाई हत्या गरिएपछि कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पार्टी प्रबक्ता विश्वप्रकाश शर्मा, प्रदेश सांसद विरेन्द्र सिंह लगायतको अगुवाइमा हत्याको विरोध स्वरुप प्रशासन कार्यालय घेराउ गर्न लागिएको हो ।

कांग्रेसले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै हत्या र झडपको भत्र्सना गर्दै मृतकलाई शहीद घोषणा गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न र घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न माग गरेको छ ।

रामनगर गाउँपालिका–४ मा मंगलबार विहान नेपाल कम्युनिष्ट पार्टी९नेकपा० र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भन सात जना घाइते भएका थिए ।

सोमबार विहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ ।

बिहान ७ वजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले आएर कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ बर्षीय राम बिलासको मुख र पेटमा गोली लागि घटना स्थलमै ज्यान गएको हो ।

घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएका स्थानीय प्रेम सिंहले जानकारी दिए ।

झडपका क्रममा १० वटा घरमा पनि समेत तोडफोड भएको छ । सोमबार बिहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुँडा भाचिएको र टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए ।

इमेजखबर बाट