मोफसल

आमाले खुवाइन नाबालक दुई छोरालाई विष, एकको मृत्यु, आमा र एक छोरा अस्पतालमा

दैलेखको महावु गाउँपालिका–१ खरिगैराकी एक आमाले आफ्ना दुई नाबालक छोरालाई विष खुवाएपछि एक छोराको मृत्यु भएको छ ।

२४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरा ७ वर्षे आयुष र ६ महिने अंकित नेपालीलाई विष खुवाएर आफूले पनि विष खाएपछि आयुषको मृत्यु भएको हो ।

६ महिने अंकित र उनलाई भने उपचारका अस्पताल भर्ना गरिएको छ ।

उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार हुन नसकेपछि सुर्खेतको देउती नर्सिङ होममा रिफर गरिएको छ ।

पारिवारिक झगडाका कारण विष सेवन गरेको भनिए पनि कल्पना नेपाली अचेत रहेकाले खास कारण खुल्न सकेको छैन ।

६ महिने अंकितको अवस्थासमेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

इमेज खबर बाट