फिचर

समाचार प्रभाव फलामे खोरमा थुनिएका उदयनारायणको उपचार शुरु भीडियो सहित

लक्ष्मी गौतम
मानसिक सन्तुलन गुँमाएका कारण ६ वर्षदेखि फलामे खोरमा थुनिएका तेह«थुमको आठराई गाँउ पालिका निवासी उदयनारायण दाहालको उपचार शुरु भएको छ । विभिन्न सञ्चार माध्यमले युवाको दयनीय अवस्था समेट्दै समाचार प्रशारण गरेपछि एउटा नीजी अस्पतालले ती युवाको निःशुल्क उपचार थालेको हो ।

परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न नसक्दा फलामे खोरमा थुन्नु परेको समाचार सवैभन्दा पहिले कान्तिपुर टेलिभिजन र रेडियो मितेरीले पहिलो पटक गत वर्ष साउन १४ गते समाचार प्रसारण गरेका थिए ।
उक्त सामग्री युटुववाट डाउनलोड गर्दै स्थानीय युवाहरुले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनको उपचार गर्न झापाको विर्तामोड स्थित बिएण्ड सि अस्पतालले चासो देखायो ।

तत्काल उदयनारायणलाई उद्धार गर्न खोजिएपनि मानसिक रोगीलाई राख्ने छुट्टै वार्ड चाहिने भएकाले त्यो निर्माण गर्न ढिला हुने भएकाले अस्पतालले उनको उपचारका लागि घरैमा मानसिक रोग बिशेषज्ञ पठाएर प्रारम्भिक उपचार थालेको छ । निरन्तर खोरमा राखिएका उदयनारायणको स्वास्थ अवस्था कमजोर भइसकेकाले उनलाई उद्धार गर्नुपुर्व आवस्यक औषधी दिएर वार्ड तयार हुनासाथ अस्पतालमै लैजाने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रतिवद्धता जनाउनु भएको छ ।

बरिष्ठ मानसिक रोग बिशेषज्ञ डाक्टर सन्दर्भ अधिकारी सहितका टोलीले दाहालको घरमै पुगेर उनको शारिरिक र मानसिक अवस्थाको जाँच गरी औषधी दिएका छन । खोरमा राखेका अविभावकहरु आफ्नो पारिवारिक अवस्था कमजोर रहेकै कारण उदयनारायणको यो हविगत भएकाले उपचारका लागि दाता गुहार्दै आएका थिए ।

उदयनारायण पनि निको भएर बालसखाहरुलाई भेटने विवाह गर्ने अनि गृहस्थ जीवनमा रमाउने इच्छा व्यक्त गर्दै आएका छन ।
उनलाई पुर्ववत रुपमा फर्किन कम्तिमा ५ वर्ष चिकित्सकको निगरानीमै औषधी खानुपर्ने देखिएको छ औषधी व्यवस्थापन र फलामे खोरवाट उद्धार पछि लाग्ने सवै खर्च व्यहोर्ने विएण्ड सि अस्पतालको आश्वासनलाई आठराईवासीले सराहना गरेका छन ।