मोफसल

आमाछोरी मृत भेटिए

पश्चिम दाङको जंगलमा आमाछोरी मृत फेला परेका छन् । बबई गाउँपालिका–४ हस्तनापुरका २२ वर्षीया सरस्वती पुनमगर र उनकी तीन वर्षीया छोरी कृतिका बिहीबार बेलुका मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

स्थानीय सल्लीकोट सामुदायिक वनमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव सड्न थालेको र केही दिनअघि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आमाछोरी असोज १३ गते माइतीघर रोल्पा जान भनी हिडेको र त्यसयता सम्पर्कमा नआएको परिवारले बताएका छन्।

आमा र छोरीको शव १५ मिटरको दुरीमा भिरमा भेटिएको इप्रका खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताएका छन्। श्रीमान् रोजगारको सिलसिलामा दुई वर्षअघि साउदी गएका थिए। रोल्पाबाट माइती पक्ष नआउँदासम्म शव नउठाउने भनेकाले अझै पनि घटनास्थलमै रहेको उनले बताएका छन्।

साभार कान्तिपूर बाट