फिचर

बलात्कार सहित महिला हिंसाका घट्नामा संलग्न तीन युवक पक्राऊ

पाँचथर : पाँचथर सदरमुकाम फिदिम नगरपालिका वडा नम्वर १२ की २६ वर्षीय एक महिला आफ्नै भतिजो नाताका युवकवाट बलात्कृत भएकी छिन ।

घरमा एक्लै बस्दै आएकी ती महिला १९ वर्षी सुमन केरुङबाट बलात्कृत भएकी हुन । केरुङले उनलाई असोज १३ गते साँझ मोवाइलमा फोटो र भीडियो देखाउने बहाना गरी बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले पीडकलाई पक्राउ गरेको छ ।
घट्नापछि गाँउमै लुकेर बसेका ती युवकलाई प्रहरीले सोमवार साँझ पक्राउ गरी मंगलवार जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

पीडक बिरुद्ध जवरजस्ती करणी मुद्धा दर्ता गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । यसैविच पाँचथरकै फाल्गुनन्द गाँउ पालिका वडा नम्वर ६ का जीवन आङदेम्वेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।उनले स्थानीय २५ वर्षीय महिलालाई असोज १२ गते राती घरमा प्रवेश गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । उता हिलिहाङ गाँउ पालिका वडा नम्वर ५ का २२ वर्षीय सुजन वयलकोटी पनि मंगलवार पक्राउ परेका छन । उनले स्थानीय २८ वर्षीय एक महिलालाई कुटपिट पश्चात अभद्र व्यवहार गरेको आरोप लागेको पनि सूचना अधिकारी पौडेलको भनाई छ ।