फिचर

बलत्कार बिरुद्ध महिलाले निकालेको जुलुसमा पुरुष प्रहरीको हस्तक्षेप भीडियो

पाँचथर : बलात्कारमा परी मृत्यू भएकी बनिर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै पाँचथरको फिदिममा निकालिएको ¥यालीलाई प्रहरीले अवरोध गरेको छ ।

 

नेपाल महिला संघको अगुवाईमा निकालिएको ¥याली पछि ज्ञापन पत्र वुझाउन जिल्ला प्रशासन कार्यालय छिर्न खोज्दा प्रहरीले महिलाहरुको ¥यालीमा अवरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयको मुल गेटमा पुगेपछि प्रहरीहरुले महिलाहरुलाई अगाडी वढ्न नदिइ गेट लगाइदिएका थिए ।

सशस्त्र र जनपथका पुरुष प्रहरीले अवरोध गरेपछि केहिवेर जिल्ला प्रशासन कार्यालय परिषरमा कोलाहल मच्चिएको थियो ।
केहिवेरको अवरोध पश्चात महिलाहरु स्वमले प्रहरीको घेरा तोड्दै प्रशासन कार्यालय परिषरमा प्रवेश गरेका थिए । त्यसपछि प्रमूख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई भेटेका ¥यालीका सहभागिहरुले बलात्कार सहित महिला अधिकार हननका घट्ना देशव्यापी भइरहँदा सरकारले दोशीलाई कार्वाहि गर्न नसकेको भन्दै सरकारलाई गम्भिर वन्न ज्ञापन पत्र वुझाए ।

प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीकहाँ पठाइएको ज्ञापन पत्रमा महिला र बालबालिका विरुद्ध हुने सवै प्रकारका घट्ना न्युनिकरण नहुनुले सरकार बिश्व समुदायमै आलोचित बन्न लागेको भन्दै सचेत हुन आग्रह गरिएको छ ।