अर्थ

सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि

सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हो।

शनिबार यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा वृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ।

सरकारले सिफारिस गरेको भाडा आइतबार (असोज ७) देखि नै लागू हुनेछ। यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ।

साभार कान्तिपूर बाट