मोफसल

प्रेस युनियन पाँचथरमा बाँस्कोटा

पाँचथर : नेपाल प्रेस युनियन पाँचथर शाखाको अध्यक्षमा भीमकुमार बाँस्कोटा चयन भएका छन । हिजो सम्पन्न अधिवेशनले बाँस्कोटालाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । चारवर्षे कार्यकाल रहेको युनियनमा बाँस्कोटाले पहिलो २ वर्ष २०७७ साल भदौ ५ गतेसम्म नेतृत्व सम्हाल्नेछन । त्यसपछि जीतेन्द्र भण्डारीले शाखाको नेतृत्व लिने सहमति भएको छ ।

अध्यक्ष पदका दुईजना आकांक्षीहरुलाई आलोपालो नेतृत्व लिन सहमति सहित बाँस्कोटालाई अध्यक्षमा निर्वाचित गरिएको हो ।
अधिबेशनले उपाध्यक्षहरुमा नरेन्द्र रिमाल र राधा लुइटेल,सचिवमा सरोज सर्मा,सह सचिवमा ममता रिजाल,कोषाध्यक्षमा बिष्णुप्रसाद अधिकारीलाई चयन गरेको छ । समिति १५ सदसीय छ ।

अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ । यस्तै युनियनको पहिलो बैठकले बिधानतः सल्लाहकार समिति गठन गरेको छ । समितिमा निर्वतमान अध्यक्ष लक्ष्मी गौतम,पुर्व अध्यक्ष विपेन्द्र गौतम र अध्यक्ष पदका प्रत्यासी जितेन्द्र भण्डारी छन ।