फिचर

प्रेस युनियन पाँचथरका सस्थापक सभापति सम्मानित २ पत्रकार पुरस्कृत

पाँचथर : नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको पाँचौं अधिवेशनको उद्घाटन समारोहको अवसरमा शाखाका सस्थापक सभापति श्याम विक्रम पराजुलीलाई सम्मान गरिएको छ । पराजुलीललाई पाँचथर जिल्लामा रहेर पत्रकारिता क्षेत्रको अविभावकीय भूमिका निर्वाह गरेको भन्दै कदर पत्र र दोसल्ला मार्फत सम्मान गरिएको हो । पराजुली नेपाल प्रेस युनियन पाँचथर शाखा सहित नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पनि सस्थापक सभापति हुनुहुन्थ्यो ।

सोहि अवसरमा युनियनको पाँचथर शाखा मार्फत सञ्चालन भइरहेको स्वर्गीय लोकमन स्मृति पत्रकारिता पुरस्कारवाट सिंहलिला एफएममा कार्यरत पत्रकार नरेन्द्र्र रिमाललाई पुरस्कृत गरिएको छ । दिवंगत आमा वुवाका नाममा फिदिम १ निवासी छवि वाँस्कोटाले स्थापना गर्नुभएको पुररस्कार १० हजार नगद सहित कदर पत्र छन ।

यस्तै नेपाली कांग्र्रेसका सभापति नरेन्द्रकुमार केरुङ सहित उहाँका भाइहरु सुरेन्द्र केरुङले स्थापना गर्नुभएको स्वर्गीय देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कारवाट पत्रकार बिमला ढकाललाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारमा पनि १० हजार रुपैंया नगद सहित कदर पत्र छन । यसअघि पाँचौ जिल्ला अधिवेशनवाट निर्वाचित युनियनको कार्य समितिको पहलमा स्थापना गरिएका दुवै पुरस्कार २–२ वर्षमा वितरण गरिने कार्य योजना छ ।