फिचर

बलात्कार अभियोगी दुईजना जेल चलान

पाँचथर : पाँचथरमा बलात्कारको अभियोग लागेका दुईजना अभियुक्त जेल चलान भएका छन । जिल्ला न्यायधिस मनोजकुमार केसीको इजलासले उनीहरुलाई दोशी प्रमाणित गर्दै जेल जरिवाना सहित जेल सजाँय सुनाएको हो ।

जेल सुनाइएका मध्ये एकजना जिल्लाको फालेलुङ गाँउ पालिका वडा नम्वर ८ का बुद्धी केरुङ छन । उनले २०७३ साल मंसिर २० गते स्थानीय १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो । अभियोग पश्चात सोहि वर्षको पुषमा पक्राउ परेका उनी २०३ पुष ६ गते जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार पठाइएका थिए । उनको मुद्धा उपर सुनुवाई हुँदा अदालतले शुक्रवार उनलाई ८ वर्षको कैद सजाँय सुनाएको हो । यस्तै हाडनाताकी १७ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोग लागेका ५२ वर्षीय अर्का अभियुक्तलाई पाँचथर जिल्ला अअदालतले १० वर्ष कैद र १ लाख रुपैंया जरिवाना गर्ने फैसला सुनाएको छ ।

यद्धपी हाडनाता भित्र भएको उक्त घट्नाका अभियुक्तको नाम सार्वजनिक गर्दा पीडितको गोपनीयतामा प्रभाव पर्ने भन्दै नाम सार्वजनिक गरिएको छैन ।