फिचर

बाल दिवसका अवसरमा जिल्लाभर कार्यक्रम फालेलुङमा हाजिरी जवाफ

पाँचथर : आज राष्ट्रिय बाल दिवस पाँचथरका विभिन्न विद्यालयहरुमा भव्यताका साथ मनाइएको छ । जिल्लाका नगरपालिका र गाँउ पालिकाहरुको अगुवाईमा वाल दिवस मनाइएको हो । जिल्लाको फालेलुङ गाँउ पालिकामा पालिका भरीका ८ वटा विद्यालयविच अन्तर माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिद्धकाली मावि जोरपाटी क र ख टिम क्रमशः प्रथम र द्वीतीय भएका छन । यस्तै कालिका मावि प्राङवुङ तृतीय र मोतीराम मावि पञ्चमुखी सान्तवना स्थान प्राप्त गर्न सफल भएको प्रमूख प्रशासकीय अधिकृत मौसम ढुंगेलले जानकारी दिनुभयो ।

 

गाँउ पालिकाको शिक्षा विकास साखाको अगुवाईमा भएको कार्यक्रममा विजेता विद्यार्थी र विद्यालयलाई गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङ,उपाध्यक्ष हिमा अधिकारी र प्रमूख प्रशासकीय अधिकृत मौसम ढुंगेल लगायतले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभयो । यता सदरमुकाम फिदिमका विभिन्न विद्यालयले आ आफ्नो अनुकुलमा कार्यक्रम आयोजना गरेका छन । फिदिम ३ स्थित जनकल्याण माविमा विद्यार्थीहरुविच वडा स्तरीय सास्कृतिक कार्यक्रम आयोजना भएको छ । यस्तै सदरमुकाम फिदिम ४ को शुखबोध मावि जोरसालमा पनि अन्तर विद्यालय स्तरीय अतिरिक्त कृयाकलाप सम्पन्न भएको छ । यता फिदिम मावि,फिदिममा पनि कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

 

जिल्लाको फालेलुङ गाँउ पालिका र फिदिम नगरपालिका सहित कुम्मायक,तुम्वेवा,मिक्लाजोङ, फाल्गुनन्द,याङवरक र हिलिहाङ गाँउ पालिकाका विद्यालयहरुमा पनि स्रोत केन्द्र स्तरीय कार्यक्रमहरु सम्पन्न भएको हाम्रा सहकर्मीहरुले जनाएका छन । सामुदायिकसँगै नीजी विद्यालयहरुमा पनि वाल दिवसका कार्यक्रम सम्पन्न भएका छन । फिदिम स्थित नमुना माविमा सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुको अन्तनिर्हित क्षमतालाई उद्घार गर्ने क्रियाकलाप आयोजना भएको आयोजक सस्थाले जनाएको छ । यसैगरी फिदिम १२ स्थित वुधुक आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सगरमाथा सदन,लालीगुराँस सदन,मुनाल सदन र वरपिपल सदन क्रमशः प्रथम,द्वीतीय र तृतीय भएका छन । कार्यक्रममा विद्यालयका विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार समेत वितरण शिक्षक शिक्षक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

 

उता जिल्लाको हिलिहाङ गाँउ पालिकामा एभरेष्ट वोर्डिङ स्कुलले पनि विविध कार्यक्रम आयोजना भएको वताइएको छ । प्रतियोगितामा पालिका भरीका ६ वटा स्कुल सहभागि थिए ।  संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई २०४७ भदौ २९ गते अनुमोदन गरेको सन्दर्भमा हरेक वर्ष सोही दिन पारेर नेपालले राष्ट्रिय बाल दिवस मनाउँन थालेको हो  ।यस वर्ष ‘सुखी नेपाली समृद्द नेपालः बाल अधिकार सबैको सरोकार’ भन्ने नारा बोकेर यो दिवस मनाइएके दिवस मूल समारोह समितिले जनाएको छ । समितिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्र लगायत छन् ।

 

राष्ट्रिय बलदिवसको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धदेवी मावि नवमीडाँडामा आधारभूत तह(कक्षा१–५) स्तरीय हाजिरिजबाफ प्रतियोगिता सम्पन्न भएको छ।  फाल्गुनन्द गाउँपालिका वडा नं.१ अन्तर्गतका ७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडा प्रथम,बालविकास आधारभूत विद्यालय,भोगटेनी द्धितिय,सिद्धेश्वरी मावि सुर्केनागी तृतिय र हरिनाथ आधारभूत विद्यालय सखेवा सान्त्वना भएका छन्।

 

प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमूख अतिथि सिद्धदेवी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रराज(सि.आर.) आङ्देम्बेले पुरस्कार  वितरण गर्नुभएको थियो।  यसैगरी सोहि विद्यालयमा कक्षा११र १२का विद्यार्थीहरुको हाँडी फुटाउँने तथा म्युजिकल चियर प्रतियोगिता समेत सञ्चालन भएको छ।  कार्यक्रम सो विद्यालयकी बालक्लवकी अध्यक्ष शोभा चापागाईको अध्यक्षतामा सम्पन्न भएको  थियो।