फिचर

पहिलो पटक पाँचथरे आकासमा प्याराग्लाइडिङ उडाएका पाइलटलाई प्रशासनले यसरी दुख दियो, भीडियो हेर्नुहोस

पाँचथर सदरमुकाम फिदिम र आसपासमा प्याराग्लाडिङको व्यवसायिक उडानका लागि तयारी शुरु भएको छ ।

 

जिल्लाका युवा उद्यमीहरुको पहलमा सदरमुकाम फिदिम नगरपालिका क्षेत्रमा पर्ने रमिते,बतासेडाँडा,साधुटार,लब्रेकुटी र शिलौती क्षेत्रवाट एकैसाथ प्याराग्लाइडिङको व्यवसायिक उडानका लागि तयारी भएको हो ।

 

गत साउनमा सिक्किम स्थित प्यारामाउण्ट प्यारा ग्लाइडिङका पाइटहरु झिकाएर गरिएको परिक्षण उडान सफल भएको थियो ।

पाइलटहरुले पाँचथरका अधिकांश स्थान प्याराग्लाइडिङको प्रचुर सम्भावना रहेको पाइलट केशव अधिकारीले वताए ।

पहिलो पटक गरिएको प्याराग्लाइडिङ उडेको देखेपछि स्थानीय विष्णुमाया तुम्वापोले  आश्चार्य प्रकट गर्नुभयो ।

 

परिक्षण उडान सफल भएसँगै प्याराग्लाइडिङको नियमित र व्यवसायिक उडानका लागि प्रकृया शुरु गरिएको व्यवसायीहरु वताँउछन । प्याराग्लाइडिङको शुरुवात व्यवसायीहरु गणेश काफ्ले रमेश अधिकारी र दिलिप अधिकारीले गरेका हुन । परिक्षण सफल भएसँगै हौसिएका युवा व्यवसायी काफ्लेले लगत्तै व्यवसायिक उडानको प्रकृया थाल्ने प्रतिक्रिया दिए ।

 

फिदिमको रमितिे,वतासेडाँडा,लव्रेकुटी र साधुटार क्षेत्रवाट प्याराग्लाइडिङका लागि छुट्टा छुट्टै प्याकेज वनाएर उडान गरिने व्यवसायीहरुले जनाएका छन ।

 

फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरलाई जानकारी गराएरै प्याराग्लाइडिङ उडाएपनि प्रहरीले पाइटललाई फिदिम माविको खेल मैदानमा उत्रने वित्तिकै केरकार गरेको थियो । व्यवसायीहरुले प्रहरी प्रशासनको यो कदमलाई युवा व्यवसायीलाई विस्थापित गर्ने कदम भनेका छन ।

 

प्रशासनले पाइलट र व्यवसायीलाई केरकार मात्रै गरेन १० हजार रुपैंया जरिवाना समेत ग¥र्यो । यद्धपी आफुहरु प्याराग्लाइडिङ अनुमति लिएर व्यवसायिकतामा अगाडी वढ्ने व्यवसायीहरुको अठोट छ ।