समाज

पाँचथरमा साउन १ देखि भदौ १८ सम्म ७ वटा बलात्कार सँग सम्वन्धित मुद्धा दर्ता

पाँचथरमा साउन १ देखि भदौ १८ सम्म ७ वटा बलात्कार सँग सम्वन्धित मुद्धा दर्ता भएका छन । पाँचथर जिल्ला अदालतका सूचना अधिकारी मोहन जबेगूका अनुसार अधिकांश मुद्धा बालिका र किशोरी बलात्कारसँग सम्वन्धित छन ।
जसमध्ये भदौ महिनामा फौज्दारी संहिता लागु भएपछि मात्रै ४ वटा बलात्कारका घट्ना अदालत पुगेका छन ।
फौज्दारी संहिता लागु भएपश्चात बलात्कारका घट्ना कम हुने अपेक्षा गरिरहँदा जिल्लामा यत्तिको संख्यामा मुद्धा दर्ता हुनुलाई महत्वका साथ हेरिएको छ ।
गत वर्ष पाँचथरमा ७ वटा हाडनाता करणी सहित ३४ वटा बलात्कारका मुद्धा दर्ता भएका थिए ।