फिचर

पाँचथरमा १७ दिनको अवधिमा ४ पुरुषले दिए पत्नीसँग सम्बन्ध विच्छेदका लागि जाहेरी

फौज्दारी संहिताले यथेष्ट प्रमाण सहित पुरुषले आफ्नी श्रीमतीसँग सम्वन्ध बिच्छेद गर्ने व्यवस्था गरेसँगै पाँचथरका ४ पुरुष सम्बन्ध बिच्छेद माग गर्दै अदालत पुगेका छन ।
फौज्दारी संहिता लागु भएको मिति भदौ १ देखि १८ गतेसम्म यत्तिका पुरुष सम्बन्ध बिच्छेद माग्दै अदालत पुगेका हुन ।
सम्बन्ध बिच्छेद माग गर्नेहरुमा फिदिम नगरपालिकाका १,फालेलुङ गाँउ पालिकाका १ र हिलिहाङ गाँउ पालिकाका २ जना पुरुष छन ।
जिल्ला न्यायधिस मनोजकुमार केसीका अनुसार सम्वन्ध बिच्छेद माग गर्ने चारैजनाले फरक फरक आधार पेश गरेका छन । एकजनाले पर पुरुषसँग सम्वन्ध राखी वसेको गर्भ पतन गराएको,एकजनाले श्रीमतीले कुटपिट गर्नुका साथै यौन सम्पर्क गर्न र खान लाउन नदिएको दाबी गरेको पाँचथर जिल्ला अदालतले जनाएको छ ।
यस्तै एक जनाले सम्पती दुरुपयोग गरी आफुभन्दा अलग वस्दै आएको आरोप लगाँउदै सम्बन्ध बिच्छेद मागेका हुन ।
फौजदारी संहिताले श्रीमतीले पर पुरुषसँग यौन सम्पर्क राखेमा,श्रीमानलाई अपहेलना गर्र्दै खान लाउन नदिएमा वा ३ वर्षसम्म सँगै नवसेमा सम्वन्ध विच्छेद गर्न पुरुषलाई अधिकार दिएको छ ।