कला साहित्य

पाँचथरमा लिम्वू चलचित्रका लागि स्क्रिप्ट लेखन तालिम

पाँचथरमा लिम्वू चलचित्रका लागि स्क्रिप्ट लेखन तालिम सम्पन्न भएको छ ।

जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र लब्रेकुटीमा तालिम सम्पन्न भएको हो ।

लिम्बू चलचित्र निर्माणलाई सिद्धान्तपरक र बिशिष्ठिकरण गर्दै अगाडी वढ्ने उदेस्यले तालिम आयोजना गरिएको आयोजके आयोजक लिम्बू चलचित्रकर्मी संघका केन्द्रीय सदस्य सागर केरुङले जानकारी दिनुभयो ।

कार्यशालामा राजधानी सहित पूर्वका विभिन्न जिल्लाका २० जना लिम्बू चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो । आयोजक संस्थाका उपाध्यक्ष रवि शेर्माका अनुसार कार्यशालामा लिम्बू चलचित्र लेखनका लागि बिषयवस्तुको छनौट र स्क्रिप्ट लेखनका विविध पक्षबारे प्रशिक्षक अनुप सुवेदीले सहजीकरण गर्नुभएको थियो । तीन दिनसम्म चलेको कार्यशालामा सहभागिहरुलाई समूहमा बिभाजन गरी स्क्रिप्ट लेखनको अभ्यास गराइएको आयोजक सस्थाका महासचिव विक्रम फागोले जानकारी दिनुभयो ।

समापन समारोहमा बोल्दै सहजकर्ता सुवेदीले कार्यशालाको सिकाई र अभ्यासले आगामी दिनमा स्थरीय लिम्बू चलचित्र निर्माण हुने आसा ब्यक्त गर्नुभयो । कार्यशाला नेपाल चलचित्र बिकास बोर्ड अन्तर्गत आदिबासी जनजाति मातृभाषि चलचित्र प्रर्बधन समितिको सहयोगमा आयोजना भएको हो ।