खेलकुद

ब्राजिललाई कोस्टारिकाको चुनौती, हेड टु हेडमा ब्राजिल अघि

रसिया विश्वकप फुटबलअन्तर्गत आज समुह ‘ई’ को ब्राजिल र कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा ब्राजिल र कोस्टारिकाबीचको खेल हुन लागेको हो ।

नेपाली समयअनुसार आज राति ५ बजेर ४५ मिनेटमा खेल हुनेछ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टिमले एक—एक खेल खेलिसकेका छन् । ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोस्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।

नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउनका लागि आजको खेल ब्राजिलाई जित्नैपर्ने दबाब छ । यता, कोष्टारिका आजको खेलमा पनि पराजित भए समूह चरणदेखि नै बाहिरिने खतरा छ ।