अर्थ

सुन तस्करी आरोपमा अकबर शाह पक्राउ

३८ क्वीन्टल सुन तस्करीमा संग्लनतामा आरोपमा अकबर शाह पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त कलमपोखरीको हिरासतमा राखिएको अनुसन्धान टोलीले पुष्टि गरेको छ । उनलाई बिहीबार साँझ मैतिदेवीबाट पक्राउ गरेको हो । ३८ क्वीन्टल सुन तस्करीको तथ्य केलाउँदै जाँदा केही नयाँ अनुहार पनि सार्वजनिक हुन थालेको समिति स्रोतले जानकारी दियो ।

पक्राउ परेका शाह गोली हानी हत्या गरिएका सञ्चार उद्दमी जमिम शाहका भतिजा तथा ठेकेदार मकबुल शाहका छोरा हुन् ।अनुसन्धान टोलीका एक सदस्यका अनुसार अकबरको ललितपुरमा रेष्टुरेन्ट छ । स्रोतका अनुसार उनको दुबईमा रहेको माफिया समुहसँग संग्लनता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनले अबैध सुनमा लगानी गरेको पाइएको छ ।

उनको बयान लिने क्रम जारी छ । ३३ किलो गायब प्रकरणमा मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ लगायत उच्च प्रहरीअधिकारी सहित ३१ जना पूर्पक्षका लागि कारागारमा छन् । अनुसन्धान टोलीले अहिले सुन तस्करीका मुख्य लगानीकर्ता मानिएका मोहनकुमार अग्रवालको खोजी तीव्र पारेको छ । एमकेसँगै गोरेका भाई रमेश उप्रेती, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड नोटिस जारी गरिएको टोलीका एक सदस्यले बताए ।

साभार बाह्रखरी बाट