मोफसल

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको कार्यालय परिसरमा बम विस्फोट भएको छ ।

मंगलबार राति पाउने १ बजे तीन वटा सकेट बम विस्फोट भएको संखुवासभाका प्रहरी प्रमुख डीएपी श्याम सारु मगरले जानकरी दिएका छन । विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

विस्फोटपछि त्यस क्षेत्रको सुरक्षाा कडा पारिएको छ । स्थानीय होटलहरुमा छापा मारिएको प्रहरीले जनाएको छ । यस परियोजना क्षेत्रमा पटक पटक विस्फोट हुँदै आएको छ । यसअघि बैशाख १८ मा पनि विस्फोट गराइएको थियो। उक्त घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले जिम्मा लिएको थियो ।