फिचर

वजार अनुगमन गर्दा फिदिमका व्यवसायीसँग कर्मचारीको घम्साघम्सी भीडियो सहित

पाँचथर सदरमुकाम फिदिम बजारका व्यापारीहरुले वजार अनुगमनका नाममा स्थानीय प्रशासनले अनावस्यक झमेला दिएको भन्दै प्रतिबाद गर्न थालेका छन ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले  वजार अनुगमन गर्ने नाममा प्राविधिक विषयमा अप्राविधिक जनशक्तिले व्यवसायीलाई झमेला दिएको भन्दै प्र्रतिवाद गरेपछि पसलै पिच्छे कर्मचारी र व्यवसायी विच विवाद भएको थियो । सिसि क्यामेरा भाँडा,चश्मा,कष्टमेटिक र इलेक्ट्रोनिक जस्ता प्राविधिक विषयसँग सम्वन्धित पसलमा अनुगमन गर्दै कर्मचारीले डे वुक र वैंक स्टेटमेण्ट मागेको भन्दै व्यवसायीले प्रशासनको शैलीप्रति रोश प्रकट गरे ।

प्राविधिक विषय सँग सम्वन्धित रहेका यस्ता पसलको अनुगमनमा कर कार्यालय र सम्वन्धित विषयका प्राविधिकको उपस्थिति हुनुपर्नेमा अप्राविधिक जनशक्तिले आफुहरुलाई तर्साउन खोजेको व्यापारीहरुको आरोप थियो ।

अनुगमन टोलीको नेतृत्व गरिरहेका सहायक प्रमूख जिल्ला अधिकारी युवराज कट्टेल भने व्यवसायीले प्रशासन विरुद्ध आवाज उठाउन नपाउने दावी गर्दै व्यवसायीसग भनाभन गरिरहेका थिए ।

प्रत्येक विधामा व्यवसायीले उपभोक्तालाई ठगी गरेको पाइएपछि आफुहरुले नियमित अनुगमन गर्न थालेको स्थानीय प्रशासनले जनाएको छ ।
पाँचथर प्रशासनले यो एक सातामा ४ दिन वजार अनुगमन गरेको जानकारी दिएको छ ।