फिचर

फर्निचरमा छापा मारी लाखौंको काठ बरामद

पाँचथर: प्रहरीले पाँचथर सदरमुकाम फिदिम स्थित एक फर्निचर उद्योगमा छापा मारी एकसय पचास क्युविक फिट काठ वरामद गरेको छ ।

हिजो (सोमवार) साँझ जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाम स्थित पाथिभरा फर्निचर उद्योगमा छापा मार्दा कटान र विक्रीमा प्रतिवन्त्र लगाइएका साल र सखुवा जातका काठ बरामद गरेको हो ।
विक्रम लिम्बूले सञ्चालन गर्दै आएको उक्त फर्निचरमा प्रहरीले छापा मारिरहँदा स्थानीयले भने व्यवसायीक फर्ममाथि अन्याय गरेको भन्दै विरोध पनि गरे ।
काठ बरामदमा अवरोध गर्न खोजेपछि प्रहरीले ससस्त्र प्रहरीको सहयोग लिएर ट्याक्टर मार्फत काठ बरामद गरेको थियो ।
वरामद गरिएका काठको मुल्य ( सरकारी मुल्यांकन अनुसार ) ३ लाख र चलन चल्तीमा साढे पाँच लाख रुपैंयाको छ ।
वरामद गरिएको काठ वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) बामदेव गौतमले जानकारी दिए ।