अर्थ

सुन काण्डका अर्का अभियुक्त छिरिङ वाङ्गेल घलेद्वारा आत्मसमर्पण

साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् ।

आइतबार करिव ११ बजे उनी अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा निवेदन दिएर उपस्थित भएको बताईएको छ ।

अहिले जिल्ला अदालत मोरङमा घलेको बयान चलिरहेको छ । छिरिङ राप्रपाका प्रजातान्त्रिकका नेता तथा सुन काण्डका अर्का आरोपी भुजुङ गुरुङका साला पनि हुन् ।

यसअघि एसएसपी श्याम खत्रीले पनि जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भने काठमाडौंमा पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।

इमेजखबर बाट