कला साहित्य

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज दिल्ली लगिने

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि आज भारत लगिने भएको छ ।

आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई उपचार गर्न भारत लैजान लागिएको हो । राष्ट्रकवि घिमिरेको अहिले भने काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।ग्रान्डी अस्पतालले नै भारतको मेदान्त अस्पतालमा लैजान सुझाव दिएकाले आज साँझ त्यसतर्फ लगिने पारिवारिक स्र्रोतले जनाएको छ ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए ।उनको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताए। घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा पनि समस्या देखिएको छ ।