कला साहित्य

राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।आन्तरिक रक्तश्राव भएपछि घिमिरे केही दिनदेखि अस्पतालमा उपचाररत छन् ।

ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचाररत घिमिरेलाई सोमबार भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताएका छन् ।प्रधानमन्त्रीले आवश्यक परे सरकारले विदेशमा लगेर समेत उनको उपचार गराउने प्रतिबद्वता जनाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उनको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको जानकारी दिए ।आन्तरिक रक्तस्राव भएपछि घिमिरेलाई अहिले हाई केयर युनिटमा राखेर उपचार गरिएको छ ।९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएपछि विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आएको थियो ।

 अनलाइनखबर