फिचर

धमाधम हराँउदैछन सिमानावाट पिल्लर भीडियो सहित

सिक्किम र वेष्ट बंगालसँग नेपाललाई सिमाना छुट्याउन पुर्वी नेपालको पाँचथर क्षेत्रमा गाडिएका पिल्लर नै हराएका छन् । अधिकांश जंगे पिल्लर भत्किएका छन  ।

दुई देशबीचको सीमा छुट्याउन पा“चथर जिल्लामा गाडिएका पिल्लर र सहायक पिल्लर हराउ“दा पनि नया“ पिल्लर गाड्ने सुरसार भएको छैन ।

सीमावर्ती क्षेत्रका वासिन्दाले पिल्लर हराएको र भारतीय सुरक्षाकर्मीको मात्र सीमा क्षेत्रमा उपस्थिति रहेको पा“चथर प्रशासनलाई जानकारी गराएपछि प्रहरीले गरेको अनुगमनका क्रममा तयार गरेको प्रतिवेदनमा पुराना पिल्लर हराएको र नया“ पिल्लर नगाडिएको उल्लेख छ ।

 

यो क्षेत्र दुर्गम र विकट रहेकाले स्थानीय सरकार र संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सीमा क्षेत्रको अहिले अवस्थाका विषयमा बेखवर छन् ।  सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहु“दा यस क्षेत्रका पिल्लर हराएको देख्दादेख्दै पनि स्थानीयबासिन्दा मौन बस्नुपर्ने अवस्था रहेको छ ।