फिचर

पाँचथर उद्योग वाणिज्य संघमा संयुक्त प्यानल बिरुद्ध बागी उम्मेद्वारी

फिदिम आसन्न पाँचथर उद्योग वाणिज्य संघको ११ औं साधारण सभा तथा अधिवेशनका लागि वुधवार उम्मेद्वारी दर्ता गरिएको छ ।

अध्यक्ष पदमा दिपक नेपाल र तुलसीदाश श्रेष्ठको टिमले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेद्वारी दर्ता गराएका हुन ।
नेपाल प्यानलवाट उपाध्यक्षमा तिलविक्रम नेम्वाङ,कृष्णमाया वुडाथोकी,ज्ञानेन्द्र मैनाली र राजु न्यौपाने,महासचिवमा उमानाथ अधिकारी,सचिवमा कमल वास्कोटा र कोषाध्यक्षमा विमला श्रेष्ठको सहित १२ जना सदस्यले उम्मेद्वारी दर्ता गराएका छन ।

यस्तै श्रेष्ठको टिमवाट उपाध्यक्षमा यामनाथ काफ्ले, लक्ष्मण लावती,प्रयागराज सुवेदी र इन्दिरा द्यौराली,महासचिवमा नवराज घिमिरे, सचिवमा नविनकिशोर घिमिरे, र कोषाध्यक्षमा चन्द्रप्रसाद काफ्लेको उम्मेद्वारी परेको छ । उक्त टिमले पनि पदाधिकारी सहित २० जनाको कार्य समितिका लागि उम्मेद्वारी दर्ता गराएको छ ।

उद्योगी व्यवसायीहरुको अधिवेशनमा यो वर्ष पनि व्यवसायीहरुले राजनैतिक आश्थाकै आधारमा विभाजित भएर उम्मेद्वारी दर्ता गराएका हुन ।नेपालको टिम नेपाली कांग्रेस निकट हो भने एमाले निकट श्रेष्ठले माओवादी केन्द्र,राप्रपा र संघीय समाजवादी फोरमका समर्थनमा टिम वनाएको छ ।

यद्धपी सोहि टिमवाट वाणिज्य संघमा यसअघि उपाध्यक्ष वनेका तिलक ढकालले भने संयुक्त प्यानलसँग असन्तुष्टि जनाँउदै स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन । ढकालको उम्मेद्वारीले श्रेष्ठ प्यानलमा निक्कै ठुलो खैलावैला मच्याएको छ । यस्ले केहि उम्मेद्वारलाई धक्का लाग्ने देखिएको पर्यवेक्षक हरु वताँउछन ।

रेडियो मितेरी Live