समाज

कर्तव्य ज्यान मुद्धाका ४ जना पक्राऊ

पाँचथर प्रहरीले कर्तव्य ज्यान मुद्धा लागेर फरार रहेका ४ जनालाई पक्राऊ गरेको छ ।
पक्राऊ पर्नेहरुमा फिदिम ३ का ३१ वर्षीय रमेश राई,२७ वर्षीय रामकुमार राई,३८ वर्षीय सुक्रराज राई र १८ वर्षीय विक्रम राई छन ।
उनीहरुले फिदिम ३ कै १९ वर्षीय अनिल राईलाई हत्या गरेको अभियोग लागेको छ ।
आमा बैदेशिक रोजगारीमा गएपछि बावुको पनि मृत्यू भएकाले एक्लै घरमा वस्दै आएका अनिललाई आरोपी चारजनाले २०७३ साल असोज ४ गते मरणाशन्न हुनेगरी कुटपिट गरेको आरोप लागेको छ ।
कुटपिटका कारण शख्त घाइते भएका अनिललाई घट्ना सार्वजनिक हुने भयले आरोपी मध्ये रमेश राईको घरमा धाँमी झाँक्री लगाएर राखेका वखत ६ दिन पछि मृत्यू भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
अनिलको मृत्यू पश्चतात फरार रहेका उनीहरुलाई बैशाख ३१ गते जिल्लाका विभिन्न स्थानवाट पक्राउ गरी प्रहरीले वुधवार सार्वजनिक गरेको हो ।
उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी अदालतमा प्रकृया अगाडी वढाइएको पाँचथरका प्रहरी प्रमूख (डिएसपी)बामदेव गौतमले जानकारी दिए ।