फिचर

फिदिम ११ मा खानेपानी आयोजना सञ्चालन

पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ११ मा सञ्चालित जलवर्मे खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको समन्वयमा धनकुटाको हुसाडेक नेपाल नामक सस्थाले सञ्चालनमा ल्याएको आयोजनाको फिदिमका नगर प्रमूख ओनाहाङ नेम्वाङले उद्घाटन गर्नुभयो ।
साविकको नाँगीन गाँउ विकास समिति वडा नम्वर १ र ४ का उपभोक्तालाई लक्षित गरी शुरु गरिएको आयोजनावाट ६९ घरका ३ सय ७६ उपभोक्ता लाभान्वित भएको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष यज्ञ विक्रम नेउपानेले जानकारी दिनुुभयो ।
आयोजनाको लागत ५९ लाख रुपैंया रहेको वताइएको छ । आयोजना र स्थानीयको साझेदारीमा घर घरमा खानेपानी धारा जडान गरिएको छ । उद्घाटन कार्यक्रममा नगर प्रमख नेम्वाङ,उप प्रमूख उर्मिला प्रधान, नेपाल रेडक्रस सोसाइटीका सभापति कृष्ण वास्कोटा र हुसाडेक नेपालका सचिव निलवहादुर थापा सहितको उपस्थिति थियो ।
कार्यक्रममा पानीको मुहान र जग्गादातालाई सम्मान समेत गरिएको थियो ।