मोफसल

जहाज दुर्घटनामा दुबै पाइलटको मृत्यु

मकालु एयरको नाइन एन जेयु जहाजका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको जहाज दुर्घटनामा मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीले पाइलट भट्टराई र कोपाइलट नेपालीको ज्यान गएको जानकारी दिए।

उनका अनुसार पाइलट किरण भट्टराई र आदित्य नेपाल दुवैको घटनास्थलमै शव फेला परेको छ। मृतकको शव हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।

हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ मा दुर्घटाना बुधबार बिहान जहाज दुर्घटना हुँदा सुर्खेतबाट हुम्ला कार्गो विमान लिएर गएका पाइलट र कोपाइलटको ज्यान गएको हो।

साभार अन्नपूर्ण बाट