फिचर

पाँचथर उद्योग वाणिज्यको नेतृत्वका लागि नेपाल र श्रेष्ठको प्रतिश्पर्धा हुने पक्का

फिदिम : पाँचथर उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि उम्मेद्वारी दर्ता गर्ने मिति नजिकिँदै गर्दा चुनावी माहौल पनि तात्दै गएको छ ।

जेठ ५ गते शुरु हुने अधिबेशनका लागि गठन भएको निर्बाचन समितिले जेठ २ गते नै उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेसँगै विभिन्न समूहले अध्यक्ष सहितका पदाधिकारीको प्यानल नै खडा गरेर निर्बाचन माहौलमा लागेसँगै व्यवसायीविच चुनावी सरगर्मी बढेको हो ।

यसपटक अध्यक्ष पदमा दीपक नेपाल र तुलसीदाश श्रेष्ठविच प्रतिश्पर्धा हुने निश्चित भएको छ ।
नेपाल नेपाली कांग्रेस निकट व्यवसायी हुन भने श्रेष्ठ एमाले निकट हुन । नेपाललाई लिम्वुवान निकट व्यवसायीहरुको समर्थन छ । यस्तै श्रेष्ठले एमाले सहित माओवादी केन्द्र,राप्रपा र संघीय समाजवादी फोरम निकट व्यवसायीको साथ पाएका छन ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि दुवै उम्मेद्वार निकट व्यवसायीले प्यानल नै तयार गरेका छन ।
नेपाल प्यानलमा उपाध्यक्षका लागि तिलविक्रम नेम्वाङ,ज्ञानेन्द्र मैनाली,राजु न्यौपाने र कृष्णमाया वुडाथोकीलाई उपाध्यक्षको उम्मेद्वारका रुपमा अगाडी वढाइएको छ । यस्तै महासचिवमा उमानाथ अधिकारी –(उमेश)सचिवमा कमल वास्कोटा र कोषाध्यक्षमा विमला हाङसुरुम्वालाई अगाडी वढाइएको छ । नेपाल टिमवाट सदस्य पदमा नरेन्द्र राई,चन्द्र डाँगी,सानुकाजी यथार्थ,विकेन्द्र वाइवा,फिरोज खान,मनवहादुर दर्जी (राम सुन्दास),डिकवहादुर सिलवाल,विकास थापा,सुवाष कान्दु,दिलिप अधिकारी,नरेन्द्र पन्थाक र मेनुका रिजाललाई सदस्यका उम्मेद्वारको रुपमा प्रश्तुत गरिएको छ ।

उता श्रेष्ठको टिमवाट भने उपाध्यक्षहरुमा यामनाथ काफ्ले,प्रयागराज सुवेदी,लक्ष्मण लावती र इन्दिरा द्यौरालीलाई उपाध्यक्ष,नवराज घिमिरेलाई महासचिव र नविन घिमिरेलाई सचिव पदमा अगाडी वढाइएको छ । यस्तै श्रेष्ठ टिमले कोषाध्यक्ष चन्द्र काफ्ले तथा सदस्य हरुमा कुमारी मिश्र,शान्ति श्रेष्ठ,ठुलोराम सुन्दास,पूर्ण सम्वाहाम्फे,सूर्य मगर,केशव खनाल,सागर ओझा,भीम केरुङ,जगत वम्जन,मिलन गिरी,देवीमाया सिवाकोटी र युद्ध बोहोरालाई अगाडी वढाइएको छ ।
कांग्रेस निकट व्यवसायीहरुको टिमबाट अध्यक्ष पदमा अगाडी वढेका नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन । उनले उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षको जिम्वेवारी समेत सम्हालिसकेका छन । यस्तै एमाले निकट श्रेष्ठ एमालेकै राष्ट्रिय उद्योग वाणिज्य संघका जिल्ला उपाध्यक्ष र पाँचथर उद्योग वाणिज्य संघको वर्तमान कार्य समिति महासचिव हुन ।

जेठ ५ गते शुरु हुने पाँचथर उद्योग वाणिज्य संघको अधिवेशनमा ७ गते नेतृत्व चयनका लागि निर्बाचन हुने तालिका छ । संघको निर्वाचनमा यसपटक १ हजार ८ सय ३६ मतदाता छन ।