मोफसल

किन भइरहेछ यो सिजनमा अत्याधिक वर्षा ?

प्रि–मनसुन वर्षाले शितलतामात्र होइन, आकाशे पानीको भरमा खेति गर्ने किसानलाई खुशी पनि दिएको छ ।

सुख्खा हावा चल्ने, हुरी बतास आउने, पसिनाले निथ्रुक्क भिजाउने– चैत, वैशाख भन्ने वित्तीकै गर्मी मौसम बुझिन्छ । तर, यो वर्ष वसन्त ऋतुले विदाई लिनेबेलासम्म उपत्यकामा चर्को गर्मीको अनुभूति नै हुन सकेको छैन ।

यो वर्ष नेपालमा औसतभन्दा कम तापक्रम ‘रेकर्ड’ भएको छ । काठमाडौंमा गत अप्रिल ९१८ चैत २०७४ देखि १७ वैशाख २०७५० मा तीन दिन मात्रै तापक्रम ३० डिग्री सेल्सियस पुग्यो । पछिल्लो ३० वर्षको तथ्यांकअनुसार अप्रिलमा काठमाडौंको सरदर उच्चतम तापक्रम २८ दशमलव २ डिग्री हो । जल तथा मौसम विज्ञान विभागका अनुसार, हरेक वर्ष चैत–वैशाखमा ४० डिग्रीभन्दा माथि पुग्ने तराईका कतिपय स्थानको तापक्रम अहिले ३५ डिग्रीको हाराहारीमै रोकिएको छ ।

पछिल्लो ३० वर्षको तथ्यांकका अनुसार, काठमाडौंमा अप्रिलमा सरदर ६१ मिलिलिटर वर्षा हुन्छ । तर यो वर्ष अप्रिलको पहिलो साता ९१८–२४ चैत, २०७४० नै ७८ मिलिलिटर पानी प¥यो । अर्थात् महिनाभर पर्नेभन्दा धेरै पानी एकै सातामा पर्‍यो । त्यसपछि पनि बेलाबखतका वर्षा रोकिएको छैन । दिनहुँ झैं कहिले कता, कहिले कता थोरबहुत पानी परिरहेकै छ । मुलुकभर नै वर्षाको प्रबृत्ति करीब यस्तै छ ।

काठमाडौंमा गत अप्रिल ९१८ चैत २०७४ देखि १७ वैशाख २०७५० मा तीन दिन मात्रै तापक्रम ३० डिग्री सेल्सियस पुग्यो ।

प्रि–मनसुन ९चैत–जेठ०को समयमा सामान्यभन्दा बढी पानी परेकै कारण चिसो भएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्मा बताउँछन् । ‘हावाको न्यून चापिय प्रणालीको सृजना भएकाले बढी पानी परिरहको छ’, उनी भन्छन्, ‘आकाश बादलले ढाकिरहने र पानी परिरहेकाले घाम चर्किन नपाएर शितल भएको छ ।”

समुद्री पानी
सामान्यतया प्रि–मनसुन ९मध्यमार्चदेखि जुन १० तारेखसम्मको तीन महिना० मा स्थानीय वायु बढी सक्रीय हुने गर्छ । यसबाहेक पश्चिमतिरको अरब सागरबाट आउने हावाले पनि नेपालको मौसमी गतिविधी प्रभावित पार्छ ।

तर, मनसुनको बादल बोकेर आउनुपर्ने बंगालको खाडीको हावा पनि यो वर्ष प्रि–मनसुनमै बढी सक्रीय देखिएको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेल बताउँछिन् । ‘बंगालको खाडीबाट पहिले–पहिले पनि जलवाष्पयुक्त हावा आउने गथ्र्यो, यो वर्ष प्रि–मनसुन अलि बढी नै सक्रीय भएकाले हावा बढी आएको हुनसक्ने अनुमान छ ।’ बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले पुर्वी नेपालमा लगातार वर्षा गराइरहेकोमा शंका छैन ।

हिमालमा तापक्रम कम हुँदा हिउँ पग्लिन पाएको छ्रैन । यसबाट हिउँ पग्लेर बग्ने नदीहरुको बहाब कम भएको छ ।

तर, कहाँबाट कति हावा आइरहेको छ र विगतका वर्षको तुलनामा यसको प्रवृत्ति के हो भन्ने आँकडा भने छैन । ‘किनभने हावाको वहावबारे हामीले अहिलेसम्म अध्ययन नै गरेका छैनौं,’ मौसमविद् कँडेलको भनाइ छ । पश्चिमतिरको अरब सागरबाट आउने हावाले पनि पश्चिम नेपालमा वर्षा गराइरहेको छ । ‘अरब सागरबाट सुख्खा हावा पनि आउँछ”, कँडेल भन्छिन्, ‘यो वर्षचांिह जलवाष्पयुक्त हावा आइरहेकाले वर्षात् भइरहेको छ ।”

योसँगै स्थानीय वायु पनि सक्रिय भइरहेको मौसमविद्हरु बताउँछन् । बाहिरको हावाले पानी पारिरहेकाले जमिन तातेर बाफ निस्किएको र यसले पनि पुनः वर्षा गराउन सहयोग गरिरहेको छ ।

किसानलाई फाइदा
प्रि–मनसुनमा ओइरिएको पानीले शितलतामात्र दिएको छैन, किसान पनि दंग छन् । ‘अहिले पनि नेपालमा करीब ७० प्रतिशत खेतियोग्य भू–भागको सिंचाइ आकाशे पानीमा निर्भर छ,’ कृषि वैज्ञानिक भोला बस्नेत भन्छन्, ‘त्यस क्षेत्रको उत्पादकत्व वृद्धि गर्न लगातारको वर्षात्ले सहयोग गर्छ ।’ निरन्तरको वर्षाले मकै, हिउँदे धान, वर्षे तरकारीको उत्पादन बढाउन सहयोग पुग्ने उनी बताउँछन् । वर्षाले घाँस बढाउने र यसले दूधको उत्पादन फाइदा पुग्ने पनि देखिन्छ ।

अर्कोतर्फ प्रि–मनसुनमा बढी पानी पर्दा भूमीगत पानीको ‘रिचार्ज’ मा सहयोग पुग्ने जल तथा मौसम विज्ञान विभागका ‘सिनियर डिभिजनल हाइड्रोलोजिस्ट’ राजेन्द्र शर्मा बताउँछन् । चाँडै माटो भिजेमा पानीको स्रोत ९मूल० बढ्न सक्ने उनको भनाइ छ ।

जोखिम पनि
यो मौसममा धेरै पानी पर्दाका जोखिम पनि छन् । र यसको असर, सम्भवतः जेठ अन्तिमतिर मनसुनको आगमनसँगै देखिनसक्ने जानकारहरु बताउँछन् । ‘यसले मनसुन शुरु भए लगत्तै बाढी पहिरोको जोखिम बढाउन सक्छ,’ हाइड्रोलोजिस्ट शर्मा भन्छन् ।

सामान्यतया मनसुन शुरु भएको केही साता माटो भिज्नै समय लाग्ने गथ्र्यो । तर खडेरी नै नपरी मनसुन शुरु हुने र मनसुन नै नआई माटो भिज्ने स्थिति आएमा बाढी पहिरोको जोखिम बढ्ने शर्मा बताउँछन् । ‘यसका लागि पूर्व तयारी थाल्ने बेला भइसकेको छ,’ उनी भन्छन् ।

उता, हिमालमा तापक्रम कम हुँदा हिउँ पग्लिन पाएको छ्रैन । यसबाट हिउँ पग्लेर बग्ने नदीहरुको बहाब कम भएको छ । “पानीको बहाब कम हुँदा जलविद्युत् कम्पनीले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको सूचना आइरहेको छ,’ उनले भने ।
स्रोत हिमाल खवरडटकम