फिचर

फिदिम बजारमा मोटर साइकल कुदाइरहेका लावतीको मृत्यू

फिदिम : पाँचथर सदरमुकाम फिदिममा मोटर साइकल कुदाइरहेका एक व्यक्तिको मृत्यू भएको छ । गणतन्त्र चौक नजिकै युमा आर्ट सेन्टर सञ्चालन गर्दै आएका फिदिम २ निवासी ४० वर्षीय मिलन लावतीको मोटर साइकल कुदाँउदा कुदाँउदै ज्यान गएको हो ।

विहान १० वजे घरवाट मे ६ प ६९२५ नम्वरको मोटरसाइकल चढेर पसल आँउदै गरेका लावतीले चलाइरहेको गाडी अचानक अनियन्त्रित भएपछि उनी नजिकै रहेको सामना सुज सेन्टर अगाडी हुत्तिन पुगेका थिए ।  सामान्य अवस्थामा रहेका लावतीलाई तत्काल उठाएर अस्पताल लैजाँदै गर्दा वाटैमा मृत्यु भएको प्रत्यक्षदर्सीलृ जनाएका छन ।

मुटुको विरामी रहेका लावतीलाई मोटरसाइकल कुदाइरहेकै वेला समस्या आएर लडेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनलाई अहिले पोष्टमार्टमका लागि पाँचथर अस्पतालको शव गृहमा राखिएको छ ।

रेडियो मितेरी Live