फिचर

पाँचथरमा बलत्कार आरोपी २ युवालाई जनही १० वर्ष कैद

फिदिम : पाँचथरमा बलत्कारको अभियोग लागेका २ जना युवकलाई आज जिल्ला अदालतले १० वर्ष कैद सजाँय सुनाएको छ ।

जिल्ला न्यायधीश मनोजकुमार केसीको इजलासले फिदिम नगरपालिका १ का १८ वर्षीय जयन्द्र तामाङ र १९ वर्षीय समिर केरुङलाई यत्तिको कैद हुने फैसला सुनाएको हो ।

उनीहरु बिरुद्ध ३० वर्षीय एक महिलालाई बलत्कार गरेको अभियोग लागेको थियो । २०६९ मंसिर २ गते पीडित महिलाले दिएको जाहेरी अनुसार जिल्ला प्रहरी कार्यालयले जाहेर गरेको मुद्धाको सुनुवाई हुँदा उनीहरुलाई विरुद्ध मुलुकी ऐन जबरजस्ती करणीको ३, ५ अनुसार पाँच–पाँच र वर्ष र सामूहिक बलात्कार गरेकाले ३ क अनुसार थप पाँच–पाँच गरी जनही १० वर्षका दरले कैद सजाँय सुनाइएको पाँचथर जिल्ला अदालतका सूचना अधिकारी मोहन जवेगूले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितहरूबाट जनही २० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने पनि फैसलामा भनिएको छ ।
पीडितको उजुरी अनुसार प्रहरीले ०६९ मै दर्ता गराएपनि आरोपी दुबैजना फरार रहेकाले अदालतले मुद्धा मुल्तवीमा राखेको थियो ।उनीहरुलाई प्रहरीले गत माघ महिनामा पक्राउ गरेपछि पुनः मुद्धामा सुनुवाई शुरु भएको अदालतले जनाएको छ

रेडियो मितेरी Live