मोफसल

पाँचथर उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी

फिदिम : जेठ ५ गतेदेखि शुरु हुने पाँचथर उद्योग वाणिज्य संघको ११ औं अधिवेशनको चहलपहल शुरु भएको छ ।
अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि दौढधुप सँगै व्यवसायिक बृत्तमा अव कस्तो नेतृत्व स्थापित गर्ने भन्ने विषयको छलफलले पनि ठाँउ लिन थालेको छ ।

संघले गठन गरेको निर्वाचन समितिले उम्मेद्वार दर्ताका लागि जेठ २ गतेको मिति तय गरेसँगै वर्तमान कार्य समितिमा रहेका र नरहेका व्यवसायीले आफु निकटको पार्टि र व्यवसायीक संघठन मार्फत टिकट पाउन कसरत शुरु गरेका छन ।
व्यवसायीहरुको छाता संघठन भनेपनि उद्योग वाणिज्य संघले यसवर्ष पनि राजनैतिक गन्धमुक्त हुन सकेको पाइदैन । नेपाल कम्युनिष्ट पार्टि एमाले निकट व्यवसायीले माओवादी केन्द्र सहित विभिन्न समूहलाई समेट्दै प्यानल वनाउने कोशिष गरिरहेको छ । एमाले निकटका व्वयायीले अध्यक्षमा वर्तमान कार्य समितिका महासचिव तुलसीदाश श्रेष्ठलाई अगाडी वढाउने तयारी गरेका छन । यस्तै ४ वटा उपाध्यक्ष पदमा तालमेल भए राप्रपालाई एक र संघीय समाजवादी फोरमलाई एक सिट दिएर २ वटा आफुले लिने कसरत गरिरहेका छन ।

उनीहरुले महासचिवमा नवराज घिमिरे,सचिवमा नविन घिमिरे,कोषाध्यषमा चन्द्र काफ्लेको नाम चर्चामा ल्याएका छन । यस्तै स्थापनाकालदेखि हालसम्म अविछिन्न वाणिज्य संघको नेतृत्व गरेका कांग्रेस निकट व्यवसायीले पनि अध्यक्ष सहितका पदमा प्रत्यासीहरुको छलफल गराएर सहमति प्रयास गरिरहेका छन ।

कांग्रेसवाट वर्तमान बरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल र पुर्व उपाध्यक्ष दिपक नेपालको नाम निकै चर्चामा छ । यद्धपी टिकटको टुंगो भने लागि नसकेको कांग्रेस निकट व्यवसायीहरुको स्रोतले जनाएको छ ।