फिचर

फरार अभियुक्त १७ वर्षपछि पक्राऊ

फिदिम : ज्यान मुद्धामा अदालतवाट दोशी ठहरिएपछि फरार रहेका एक व्यक्तिलाई पाँचथर प्रहरीले १७ वर्ष पछि पक्राउ गरेको छ ।

पक्राऊ पर्नेमा तुम्वेवा ५ घर भएका ७४ वर्षीय धनवहादुर श्रेष्ठ छन । श्रेष्ठले २०५८ साल मंसिर १६ गते राती स्थानीय सन्तवहादुर तामाङको घर र गोठमा आगो लगाएर मारेको आरोप लागेको थियो । घर र गोठमा आगो लाग्दा श्रेष्ठ सहित उनका २ वटा गाई समेत मरेको अभियोगमा पाँचथर जिल्ला अदालतले उनलाई २०५७ साल जेठ २ गते १९ वर्ष ५ महिना २५ दिन कैद सजाँय सुनाएको थियो ।

अदालतको फैसला पछि फरार रहेका श्रेष्ठलाई घरैमा लुकेर वसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
बैशाख २७ गते पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यन्वयनका लागि आज २८ गते पाँचथर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

रेडियो मितेरी Live