समाज

एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड नेपाली कैलाश खड्कालार्इ

नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् ।सिंगापुरको ‘एसिया वान’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्कालाई प्रदान गरिएको हो ।खड्कालाई बुधबार साँझ दुबईमा आयोजित विशेषा कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

यो अवार्ड ४० वर्ष कम उमेरका व्यक्तिले निश्चित क्षेत्रमा गरेको उद्यमशीलताको बहुआयमिक विश्लेषण गरेर प्रदान गरिन्छ ।नेपालबाट पुरस्कृत हुने उनी यस वर्षका पहिलो नेपाली युवा उद्यमी हुन् । ३४ वर्षीय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’ को उपाधिबाट पुरस्कृत गरिएको छ ।

४० वर्ष कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारीता, प्रभाव, प्रगति र योगदानलाई मुख्य आधार बनाइने आयोजकले बताएका छन् ।सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धन टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्ने गर्छ ।

चार वर्षदेखि नेपाल स्वास्थ्य ब्यवसायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । उनी प्राइभेट हस्पिटल एसोसियसन (अपिन) मा पनि आबद्ध छन् ।अष्टे«लियाको सेन्टरल क्विन्सल्याण्ड युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशील छन् । उनी विगत दुई दशकदेखि नेपालको हेथ केयरका विभिन्न क्षेत्रमा सक्रिय छन् । श्रम तथा रोजगार मन्त्रालयको विज्ञ समूहमा पनि उनी सदस्य छन् ।

 अनलाइनखबर