खेलकुद

चर्ज ब्वाइज कुम्मायक आमन्त्रण गोल्डकपको फाइनमा

पाँचथरको कुम्मायक गाँउ पालिका केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगितामा एकता युवा क्लब मोरङलाइ पराजित गर्दै चर्ज ब्वाईज क्लव काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।

पृथ्वि माविको खेल मैदानमा भएको सेमिफाईनल खेलमा मोरङको विरुद्ध ४–१ कोे गोल अन्तरको जित दर्ता गर्दै काठमाडौँले फाइनलको यात्रा तय गरेको हो । चर्ज ब्वाईजकोे जितमा फ्रिकिक को अवसरलाई सदुपयोेग गर्दै खेलको १८ औ मिनेटमा निरज बस्नेतले प्रहार गरेको बल किपरले क्लियर गर्न नसक्दा गोलमा परिणत भएको थियो ।

खेलको ३८ औं मिनेटमा भुवन बस्नेतले गरेको हेड्ले पुनः दोस्रो गोल लागेको थियो । निधारित समयको ६२ औं मिनेटमा पुनः निरज बस्नेले कर्नरबाटै सुन्दर गोल गरेका थिए । खेलको ७२ औं मिनेटमा एकता मोरङको मिस पासलाई सदुपयोग गर्दै चर्ज ब्वाईजका निरज बस्नेतले नै अन्तिम गोल गर्दै आफ्नो अंक तालिकालाई अन्तिम चारमा पु¥याएका थिए ।

निकै दबावमा परेको एकता क्लबको तर्फ सौजन याख्याले खेलको ५४ औं मिनेटमा रिवाउन्ड भएको बललाई प्रहार गर्दै १ गोलले खाता खोलेका थिए । निधारीत समय अबधिभर चर्ज ब्वाईज काठमाण्डौ हाबी भएको थियो । एकता युवा क्लबले राम्रो खेल प्रर्दश गरे पनि पोल चार्ज गर्न नसस्दा १ गोलमै खुम्चिन बाध्य भयो ।

खेलको म्यान अफ द म्याच चर्ज ब्वाईज क्लव काठमाडौँका निरज बस्नेत घोषित हुदैं नगद ५ हजार र ट्रफि प्राप्त गरे । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ३ लाख ११ हजार एक सय ११ रुपैँया प्राप्त गर्नेछ, भने उपबिजेताले नगत १ लाख ५५ हजार ५ सय ५५ रुपयाँ हात पर्ने छ । ऐतीहासिक त्रिशाली पुजा एवंम मेलाको अवसरमा आयोजित प्रतियोगिताको भोली अन्तिम फाईनल खेल सुन्धारा क्लब काठमाण्डौ र चर्ज ब्वाईज क्लब काठमाण्डौ बीच खेल हुने सम्योजक सीव लावतीले बताए । आठ टिमको सहभागी भएको प्रतियोगिताको फाइनल खेल बैशाख २६ गते हुनेछ ।

रेडियो मितेरी Live