खेलकुद

दोस्रो कुम्मायक कुस्सायक आमन्त्रण गोल्डकपमा आज ताप्लेजुङलाई हराउँदै सुन्धरा क्लव सेमिफाइनल प्रवेश

पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा बैशाख २० गतेदेखि सुरु भएको अन्तराष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगितामा कर्णसिँ सोनाम मेमोरियल फुटवल क्लव ताप्लेजुङलाई पराजित गर्दै सुन्धरा क्लव काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
पृथ्वि माविको खेल मैदानमा शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा ताप्लेजुङ विरुद्ध ४–२ गोल अन्तरको जित दर्ता गर्दै काठमाडौँले सेमिफाइनलको यात्रा पक्का गरेको हो । काठमाडौँको जितमा विशाल राईले खेलको १० औँ मिनेटमा, खामिर गिल्सन कन्दङवाले २६ औँ मिनेटमा त्यस्तै कर्ण लिम्वूले ३३ औँ मिनेटमा र ६४ औँ मिनेटमा पुजन उपरकोटिले गोल गरे ।
ताप्लेजुङका लागि ३७ औँ मिनेटमा दिपक लिम्वू र ७६ औँ मिनेटमा क्रिस राईले गोल गरे । खेलको म्यान अफ द म्याच सुन्धरा क्लव काठमाडौँका निसान्त खड्का घोषित हुदैं नगद ५ हजार प्राप्त गरे ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ३ लाख ११ हजार एक सय ११ रुपैँया प्राप्त गर्नेछ भने उपबिजेताले नगत १ लाख ५५ हजार ५ सय ५५ रुपयाँ हात पर्ने छ । ऐतीहासिक त्रिशाली मेलाको अवसरमा आयोजित प्रतियोगिताको भोली हुने चौथो खेल चर्च ब्वाईज काठमाण्डौ र रेर्डहस इलाम बीच हुने खेल सम्योजक सीव लावतीले बताए ।
प्रतियोगिताको फाइनल खेल बैशाख २६ गते हुनेछ ।

रेडियो मितेरी Live

error: Content is protected !!