कला साहित्य

करेन्टको सांगितीक यात्रालाई दर्शकको माया

खविन लुइटेल

करेन्ट साँगितिक यात्रालाई पूर्वका दर्शकले माँया गरेका छन् । पछिल्लो पटक करेन्ट चाउचाउको साँगितिक यात्रा पाँचथर, ताप्लेजुङ र तेह्रथुममा सम्पन्न भएको छ । सांगितिक यात्रामा गायक डम्बर नेपाली, हाँस्य कलाकार तथा जादुगर महादेव त्रिपाठी, गायक श्रीकृष्ण लुइटेल बोकेदारी, गायिका टिका प्रसाइ, गायक सिमान्त सन्तोष घिमिरे, कमेडियन दिपेश प्रसाइ लगायतका कालाकारको प्रस्तुती रहदै आएको छ । करेन्ट चाउचाउले निशुल्क रुपमै चाउचाउ वितरण गर्दै राष्ट्रिय कलाकारहरुलाई आफ्नो घर आँगनमा ल्याइदिएकोमा यसोदा फुड्स प्रालिलाई स्थानियले धन्यवाद समेत दिएका छन् । तेह्रथुम सक्रान्तिका अग्रज ब्यावसायी प्रेम पौडेलले साँगितिक तथा साँस्कृतीक कार्यक्रम आठराइमा आयोजना गरिदिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रममा स्वादको लागी वितरण गरिएका करेन्ट चाउचाउ भित्र रहेका उपहार कुपनबाट समेत थुप्रै सर्वसाधारणले उपहार पाएका छन् । सक्रान्ति बजारका स्थानियले १० ग्राम चाँदी सहित थुप्रै स्टिलका बोल, तथा अन्य आकर्षक उपहार प्राप्त गरे भने ताप्लेजुङमा २ थान मोवाइल, फुटबल, बास्केटबल लगायतका थुप्रै उपहार सर्वसाधारले प्राप्त गरेका छन् । यस्तै फिदिममा समेत चाउचाउ भित्र रहेका नगद तथा अन्य उपहारहरु सर्बसाधारणले प्राप्त गरेका थिए । करेन्ट चाउचाउ चाखेका अधिकाशं सर्वसाधारणले चाउचाउको स्वादको समेत प्रशंसा गरेका छन् । आफ्नो ब्राण्डलाई सबैको प्रिय बनाउन आफुहरु लागी परिरहेको यशोदा फुड्स प्रालिका मेची कोशी एरिया सेल्स मेनेजर खेम निरौलाले जानकारी दिए । सर्वसाधारणबाट आएको प्रतिकृयाले आफूहरुलाई हौस्याएको भन्दै उनले यसोदा फूड्सको अर्को उत्पादन करेन्ट मसला समेत बजारमा आएको जानकारी गराएका छन् । करेन्ट साँगितीक यात्राको संयोजन भने श्री कृष्ण लुइटेल बोकेदारीले गरेका हुन् । पाँचथर, ताप्लेजुङ र तेह्रथुम को आठराइमा सञ्जिवनी इन्टरप्राइजेज फिदिम बजारले करेन्ट चाउचाउको बिक्रि गर्दै आएको छ ।